पुराना र ठूला जति एमालेको !

हाल देशमा अढाइ सयभन्दा बढी नगरपालिका कायम गरिएका भए पनि पुराना र स्थापित करिब तीन दर्जन नगरपालिकामा आश्चर्यजनक ढङ्गले नेकपा एमाले विजयी भएको छ । संविधान संशोधनको पक्षमा काङ्ग्रेसले लिएको अडान, उम्मेदवार चयनमा भएको कमजोरी, अप्राकृतिक चुनावी गठबन्धन र कमजोर चुनावी तयारीका कारण काङ्ग्रेसले राजधानी काठमाडौंलगायत देशका महत्वपूर्ण मानिने अधिकांश नगर क्षेत्र गुमाएको छ ।…