कांग्रेसले कार्यशैली, कार्यक्रम र आचरण सुधारे अझै भविष्य उज्जवल छ : महामन्त्री कोईराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले नेपाली कांग्रेसले आफ्ना कार्यशैली, कार्यक्रम र आचरण सुधार्न आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले अझैं कांग्रेसको भविष्य उज्जवल रहेको भन्दै निराश नहुन आग्रह गरेका छन् । लमजुङस्थित बेसीशहर नगरपालिकाभित्र रहेको जनकल्याण माविको प्रांगणमा निर्माण गरएको विद्यालयका संस्थापक एवम् प्रजातन्त्रका सेनानी स्वर्गीय रोहिणीराज त्रिपाठीको अर्धकदको शालिक अनावरण गर्दै नेता…