प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै

प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदैै छन् । उनी असोज ३ गते संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए । प्रधानमन्त्री देउवा आज बेलुकी ७ बजे काठमाडौं आइपुग्ने उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्री देउवाले राष्ट्रसंघको महासभालाई सम्बोधन बाहेक राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशसँग भेटवार्ता पनि गरेका थिए…