गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले एघारजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ । समितिको बैठक शुक्रबार बसेर निर्णय गरिएको भनिए पनि उक्त निर्णय आर्थिक वर्ष समाप्तिको दिन शनिबार सार्वजनिक गरिएको हो । सो समितिले डिआईजीबाट एआइजीमा क्रमशः बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज…