सुदूरपश्चिमको पहाडी जिल्ला डोटीबाट हतियारसहित पक्राउ परेका पाँच भारतीय प्रहरी कञ्चनपुरको गड्डाचौकीनाकामा तीन दिनका लागि नेपाल घुम्न जान लागेको बहानामा भित्रिएको तथ्य खुलेको छ । गत शनिबार दिउँसो ३ः२० मिनेटमा गड्डाचौकी भन्सारमा उनीहरु आफूहरुले प्रयोग गरेको भारतीय जिपको भन्सार राजस्व तिरेर नेपाल प्रवेश गरेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ । “नेपाल घुम्न जानका लागि…