वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण गर्नका लागि सघन रूपमा कार्यक्रम अगाडि बढाउन नेपाल र भारतका वन अधिकारी प्रतिबद्ध भएका छन् । गत साता कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा सम्पन्न दुवै देशका वन अधिकारीको संयुक्त बैठकले वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न सीमाक्षेत्रमा संयुक्त गस्तीको कार्यसँगै सूचना आदान–प्रदानको कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकले बाघ संरक्षणको कार्य चुनौतीको विषय…