गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको साक्षी बकपत्र आइतबारदेखि जिल्ला अदालत चितवनमा सुरु भएको छ । सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको बकुलहर आएका बेला कृष्णप्रसादलाई अपहरण गरेर हत्या गरिएको थियो । फुजेल–७ का अधिकारीमाथि जिल्ला अदालत चितवनमा कर्तव्यज्यान मुद्दा चलिरहेको छ । विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले…