सहिद स्मारक ‘ए’ डिभिजन लिगको १०औं चरणमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीमा रोकिएसँगै मनाङले शीर्ष स्थानको मछिन्द्रसँग अंक दूरी कम गर्ने मौका गुमायो । लिगमा १० खेलबाट २० अंक जोडेको मनाङ दोस्रो स्थानमा यथावत् छ । यस्तै समान खेलबाट १७ अंक जोडेको थ्री स्टार…