युवा स्वरोजगारका लागि वडास्तरमै कार्यक्रम

गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाभित्रका युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । वडा कार्यालयले युवालाई स्वदेशमै कृषि, पशुपालनलगायतका पेसा–व्यवसाय गर्न हौसला प्रदान गर्न स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । वडा कार्यालयले वडाभित्रका विभिन्न सात स्थानको पहिचान गरी चालू आर्थिक वर्षका लागि कार्यक्रम शुरु गरेको वडाध्यक्ष रेग्मीले बताए ।…