एसिया प्यासिफिक समिट प्रतिनिधिद्वारा चन्द्रागिरि भ्रमण

नेपालमा आयोजना गरिएको एसिया प्यासिफिक समिट–२०१८ मा सहभागी हुन काठमाडौ आएका नाउरुका सम्माननीय राष्ट्रपति बरुन दिभेदी वाबा र फिलिपिन्सकी माननीय उपराष्ट्रपति लिनि रोब्रुडोले शनिबार चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन् । अनौपचारिक भ्रमणको क्रममा रहेका पाहुनालाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालक हेमराज ढकाल र कल्याण गुरुङले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका हुन्…