युवालाई इतिहास, कला र संस्कृतिबारे बुझाउन पूर्वराष्ट्रपतिको सुझाव

पूर्वराष्ट्रपति डा रामवरण यादवले युवा पुस्तालाई नेपालको भौगोलिक विविधता, साहित्य, कला, समाजशास्त्र र संस्कृतिबारे जानकारी दिलाउन आवश्यक रहेको बताएका छन् । साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको २५औँ स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले नेपालको साहित्य, कला, संस्कृति, भाषा, रहनसहन, पुर्खाको योगदान, भौगोलिक अवस्था र विविधताका दृष्टिले समृद्ध भएको हुँदा यसबारे युवा पुस्तामा पर्याप्त जानकारी…