नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका हास्य टेलिशृंखला बन्द

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका विभिन्न चर्चित हास्य टेलिशृंखलाहरू बन्द भएका छन् । रातिको आठ बजेको समाचारपछि ४० मिनेटसम्म प्रसारण हुने ती कार्यक्रमहरू बन्द भएपछि सो समयमा नेपाल टेलिभिजनले ‘फिलर’ हालिरहेको छ । नेपाल टेलिभिजनबाट मिडिया हबले पारिवारिक टेलिश्रृंखला परिचय (आइतबार), हास्य टेलिशृंखला ब्रेक फेल (सोमबार), मेरी बास्सै (मंगलबार), जिरे खुर्सानी (बिहीबार) र भद्रगोल (शुक्रबार)…