मोरङमा पानीमा डुबेर दुईजनाको मृत्यु

मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर आज (बिहीबार) दुईजनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरूसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । यसैगरी सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ–९ महेश चोक बस्ने ७२ वर्षीय वृद्ध भीमबहादुर माझीको पनि मृत्यु भएको छ । बिहान घरबाट निस्किएका माझी आज…