ललितपुर महानगरको बजेट चार अर्ब ६० करोड

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०७५–७६ का लागि चार अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरिबाबु महर्जनले दोस्रो नगर सभाबाट पारित बजेट सार्वजनिक गरे । महानगरपालिकाको चालू प्रशासनिक खर्च रु. एक अर्ब ६ करोड ५० लाख अनुमान गरिएको छ ।…