बलिप्रथा, लैंगिक विभेद र बोक्सी आरोपविरुद्ध धार्मिक अगुवा

महिला हिंसाविरुद्धको राष्ट्रिय सञ्जालअन्तर्गत अन्तर धार्मिक अगुवाको जिल्लास्तरीय समिति देवेन्द्रराज सिग्देलको अध्यक्षतामा गठन भएको छ । सदरमुकाम गुलरियामा शुक्रबार त्यसअघि आयोजित धार्मिक अगुवाको छलफल कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बालविवाह, बलिप्रथा, घुङटो र दाइजोप्रथा, लैंगिक विभेद, बोक्सी आरोपलगायत कुरीतिलाई हटाउनुपर्नेमा जोड दिए । बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले धार्मिक नीतिनियम समयअनुरुप परिवर्तन हुनुपर्ने तथा…