तेस्रो राष्ट्रिय सुरक्षा तालीम शुरू

राष्ट्रिय सुरक्षाबारे तेस्रो उच्चस्तरीय दश दिने तालीम शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाप कलेजमा शुरू भएको छ । तालीममा जङ्गी तथा निजामती सेवाका प्रथम र द्वितीय श्रेणीका अधिकृतसहित २४ जनाको सहभागिता रहेको छ । तालीममा राष्ट्रिय सुरक्षाबारे अवधारणा, राष्ट्रिय सुरक्षा नीति, नेपालको राष्ट्रिय सुरक्षा र आर्थिक दृष्टिकोण, अन्तर्राष्ट्रिय चुनौतीलगायतका विषयमा प्रशिक्षण दिइने बताइएको छ । सो…