प्रत्येक दिन थपिँदै छन् १२० नयाँ क्षयरोगी

नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे वकालत गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुईदिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगीमध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले बताउनुभएको हो । प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी…