सवारी दुर्घटनामा एकको मृत्यु

सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । कोशी राजमार्गअन्तर्गत धरान–८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुचोक आउँदै गरेको को १ ख ६२७१ नम्बरको टिपरले सोही दिशाबाट आइरहेको को १८ प ३९६८…