मकर सङ्क्रान्तिमा नुवाकोटमा चालीस हल गोरु जुधाइँदै

माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तीन स्थानमा ४० हल गोरु जुधाउन लागिएको छ । ऐतिहासिक, धार्मिक र सामरिक महत्व बोकेका स्थान तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा किसानले पालेका ४० हल गोरु प्रतिस्पर्धा गराउन लागिएको हो । ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तार्केश्वर गाउँपालिका–३ तारुकाको चन्दनीबारीमा २० हल गोरु जुधाउन लागिएको…