जहाँ शिक्षकले मासिक तलब एक हजार पाउँछन्

विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? १० हजारभन्दा माथि नै होला भनेर धेरैले अनुमान लगाउन सक्छन्। तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयका शिक्षकको तलब थाहा पाउनुभयो भने तपाईं आश्चर्यमा पर्नुहुन्छ। यहाँ पढाउँदै आएकी एक शिक्षिकाले मासिक रु एक हजार तलब पाउने गरेकी छिन्। विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी स्रोतका शिक्षिका…