सप्तरीमा चिसोबाट दुई बालबालिकाको मृत्यु

एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा आज साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १ मा अध्ययनरत सातवर्षीय जीतेन्द्र सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय…