नगरकोटको होटलमा बंगलादेशीको मृत्यु

भक्तपुरका विभिन्न स्थानमा दुई दिनमा चार जना मृतावस्थामा फेला परेका छन्, तीमध्ये एक बंगलादेशीसमेत रहेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार नगरकोटस्थित होटल हिमालयन भिल्लामा ३४ वर्षीय बंगलादेशी हसन फेरोदोस मृतावस्थामा फेला परेका हुन् । बुधबार अपराह्न बेहोश फेलापरेका हसनलाई तत्काल उपचारका लागि सल्लाघारीस्थित डा. इबामुरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी…