सीमा नाकाबाट अवैधरुपमा पटका भित्रिँदै

हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्रियाउने गरेका छन् । तस्करले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रौनगढ,…