बागलुङमा विपत्ति : एकै घरका ४ सहित ६ को मृत्यु

पश्चिम बागलुङमा छुट्टाछुट्टै ३ पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । घटनामा ६८ वर्षीय मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीय नन्दकली छन्त्याल, बुहारी २२ वर्षकी बिन्दु छन्त्याल र छोरी १८ वर्षीय गीता छन्त्यालको मृत्यु भएको हो । निसीखोला गाउँपालिकाको दुई ठाउँमा गएको पहिरोमा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको हो ।…