उम्मेदवार चयनमा पितृसत्तात्मक राजनीतिक मनोविज्ञान हाबी

रेजिना रोदन झापा । संविधानसभाबाट जारी संविधानले राज्यका हरेक निकायमा पुरुषसरह महिलाको पनि सहभागिता हुनुपर्ने उल्लेख गरेको छ । त्यही संविधान कार्यान्वयनका लागि दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले उक्त संवैधानिक व्यवस्थाको वेवास्ता गर्दै उम्मेद्वार तय गरेका छन् । संविधानको धारा ३८ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने…