नेपाली काङ्ग्रेसको तेह्रौँ महाधिवेशनमा वरिष्ठ राजनीतिज्ञ शेरबहादुर देउवा पार्टी सभापतिमा अत्यधिक मतले विजयी हुनु भएपछि नेपालको प्रजातान्त्रिक इतिहासमै नयाँ युगको उदय भएको छ । नेपाली काङ्ग्रेस पार्टीका संस्थापक एवम् सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईका उत्तराधिकारीका रूपमा परिचित श्री देउवाको यस विजयले काङ्ग्रेसलाई परिवारवादबाट जनतामा ल्याउन सफल भएको मैले महसूस गरेको छु । साथै विगत असोज…