जीर्ण काठका विद्युतीय पोल विस्थापित

 काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका तथा गाउँपालिकामा वर्षांैदेखि जीर्ण अवस्थामा रहेका काठको विद्युतीय पोल विस्थापन भएका छन् । जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिकालगायतका स्थानमा विद्युत् चुहावट रोक्नाका साथै दिगो र सुरक्षित बनाउन विद्युत्को फलामे पोल खडा गरिएको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी…