अर्घाखाँचीमा बाख्रापालन व्यबसाय फस्टाउँदै गएको छ । पराम्परादेखि चलिआएको बाख्रापालन व्यबसाय केही समययता जिल्लामा फस्टाउँदै गएको हो । कम लगानी कम मिहिनेतमा सजिलैसँग बाख्रापालन गर्न सकिने भएपछि जिल्लाका कृषकहरुले बाख्रापालन तर्फ आकर्षित भएका हुन । जिल्लामा रहेका गैरसरकारी र सरकारी सघ सस्थाले पनि पुरक अनुदानमा कृषकलाई बाख्रा वितरण गर्न थालेपछि बाख्रापालन व्यबसाय जिल्लामा फस्टाउदै पाइन्छ…