वीरगञ्ज । प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी पर्सा शाखाले प्रभातफेरी आयोजना गरेको छ । वीरगञ्जको घण्टाघरबाट निस्केको प्रभातफेरी महानगरको माईस्थान, माहवीरस्थान, आर्दशनगर चौक, अलखियामढ लगायत स्थान परिक्रमा गरी पुनः घण्टाघर फर्केर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले पर्साका पत्रकार र पत्रकारितालाई अझै मर्यादित तथा व्यवस्थित बनाउनमा चौतारीले भूमिका…