घरेलु टोलीकी वर्षा साउदले धनगढीमा आयोजित आठौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ४५ किलो तौल समुहमा स्वर्ण पदक जितेकी छिन् । सो स्पर्धामा भारतकी मिना कुमावतले रजत तथा एपीएफकी दिपा लामा र श्रीलंकाका डब्लु आर डी मधुसानीले काश्य पदक जितका छन् । सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघ युजेनकाइको आयोजनामा सञ्चालित प्रतियोगिताको ६ देखि ८ उमेर समुहको…