राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताउनुभएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटाँै स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उहाँले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उहाँहरुको सामाजिक सुरक्षाका…