जंगली हात्तीको आक्रमणबाट २४ जनाको मृत्यु

पाँच वर्षयता जंगली हात्तीको आक्रमणबाट झापामा २४ जनाको मृत्यु गएको छ । जिल्ला वन कार्यालयमा रहेको तथ्यांकअनुसार २०६९ सालयता मारिने आधाभन्दा बढी दक्षिण झापाकै छन् । भारतसँग सीमा जोडिएको उत्तरी झापाको बाहुनडाँगीलाई हात्तीपीडित क्षेत्र’ मानिदै आए पनि पाँच वर्षमा यस्तो पीडा दक्षिण झापातिर सरेको छ । पृथ्वीनगर क्षेत्र त हात्तीको क्रिडास्थलजस्तै बन्न पुगेको स्थानीयवासीको भनाइ…