नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आतंकबादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणका लागि व्यवहारिक तरिकाबाट अगाडी वढ्नुपर्ने बताएका छन् । उनले यस विषयमा जनस्तरमै जनचेतना आवश्यक भएको दाबी गरे । अध्यक्ष श्रेष्ठले आतंकबादी क्रियाकलापमा वित्तीय लगानी कुनैपनि हालतमा हुनै दिन नहुनेमा जोड दिए । सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले सबैको सामूहिक प्रयासबाट यो…