पेट्रोलियम व्यवसायका समस्या सम्बोधन नभएको भन्दै पश्चिमाञ्चलका व्यवसायी आन्दोलित भएका छन् । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो । एशोसिएसनले प्राविधिक कारणबाट हराउने पेटोलियम पदार्थको पनि क्षतिपूर्ति पाउनुपर्नेलगायतका माग राखेको छ । सरकार तथा आयल निगम समक्ष पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले आन्दोलन शुरु गरेको उनीहरूको…