गएराति परेको भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले कास्कीको माछापुच्छे गाउँपालिका– ५ रिभान लामपाटाका १३ घरमा बाढी पसेर पूर्ण क्षति पु-याएको छ । गाउँ भन्दा माथिबाट पहिरो आउँदै छ भन्ने प्राप्त सूचनाका आधारमा घरमा सुतेका सबै गाउँले भागेर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बाढी पहिरोले रिभानबाट…