मारङमोइको बैँस

प्रथा भोकले अलल्लिएकाकन्हैयाजस्तै नानीहरू च्यापेरगर्मीका गिट्टीहरू निफन्दैमारङमोइको बैँस,आफ्नै पसिनाका नीला माइपोखरीहरूमालाछिएको नि:सन्तान डालीझैँयो समय,एक्लै–एक्लै ढोडेनिबारी रोइरहेछ ! सौतेनी रातमाएकलास ठिहीहरू घोप्टिएपछिबलेसीझैँ बगिरहेछन्वनडढेलोले खाएका रहरका मुनाहरू !सलेदो ओस्सिएको जिन्दगीमाहिमपहिरोको अश्रृदहमा नुहाउनआज अभिसप्त छमारङमोइको मियो ढलेको कुमारी बैँस ! हल्किएको जोवन पोल्टामा बेरेरमटियामा उसिनेकोवनतरूल जस्तै यो पृथ्वी चपाउँदैमारङमोइको बैँसभूतबङ्गलाका बुइँगलहरूमाएक अम्खोरा शैतानी तिर्खाहरूख्वामितका उत्ताउला रातहरूसँगै पिइरहेछ !…