एक्लै उभिएर क्षितिजमा

गंगा खड्का वचनको धारिलो खञ्जरले छाती रोपिँदाकति दुख्यो, मै दुखेँतिमीले त देख्यौ केवलटाँका लगाएको मेरो आदिम डोब बोली तिम्रो सँधै गीत सम्झेँगाली हरदम सङ्गीत मानेँहुङ्कारलाई झङ्कार ठानीयो मनलाई भाँचिरहेँआँसु, एकान्तमा मात्रै खस्नु भनीआँखाभित्रै साँचिरहेँ ।वचनको खञ्जर हरदम रोपिएको छभित्र घाउ आलो छबाहिर खाटाले छोपिएको छ । म, मजस्तो कहिल्यै भइनँतिमी कुमाले म माटो बनिरहेँतिमीले चाहेजसरी…