गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति चयन गरिएको छ । आइतबार (२७ जुलाई) सम्पन्न निर्वाचनको मतगणनापश्चात् सुभाष लामिछाने अध्यक्ष पदमा विजयी भएका छन् । लामिछानेले ७ हजार १ सय ५२ मत प्राप्त गर्दै प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरेका छन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्ष…