युरोपको बारोनिक फिगर : समुन्द्रको हावा जस्तै शितलो चिन्तक !

‘युरोपको दोश्रो पुस्ता, पहिलो तथा तेश्रो पुस्ताको सम्वेदना र संज्ञानलाई जोड्ने जुगुलर भेन हो । दोश्रो पुस्ताले प्रवाशमा रहेको पहिलो पुस्ताको हृदयभावलाई तेश्रो पुस्तासम्म पुऱ्याउँछ । यो पुस्ताले नेपालप्रतिको लगाव र पहिचानप्रतिको श्रद्धालाई पनि तेश्रो पुस्ताले प्राप्त गरेको प्राविधिक तथा संज्ञानात्मक उपलब्धिसँग जोड्ने काम गर्दछ । दोश्रो पुस्ताको अभावमा तेश्रो पुस्ताले पहिलो पुस्तालाई सुन्दैन भने…