उदीतकै पथमा आदित्य

नेपाली र भारतीय गीत–सङ्गीतको क्षेत्रमा उत्कृष्ट ठहरिएका गायक उदीतनारयण झाका छोरा आदित्यनारायण झाको पहिलो नेपाली आधुनिक गीत ‘फूलजस्तै’ सार्वजनिक भएको छ । यसअघि थुप्रै चलचित्रका गीत गाइसकेका आदित्यको यही पहिलो आधुनिक गीत रहेको गीतकार एवम् निर्देशक सञ्जय बरालले जानकारी दिए । यतिबेलाका चर्चित अनि व्यस्त संगीतकार शिखर सन्तोषको सङ्गीत रहेको उक्त गीत ‘फूलजस्तै’ मणि शर्मा…