लक्ष्मी पूजामा ‘लक्ष्मी रानी’को शुभारम्भ

तिहारको लक्ष्मीपूजाको अवसरमा फिल्म ‘लक्ष्मी रानी’ निर्माण घोषणा भएको छ । बुधबार राजधानीमा एक गीत रेकर्ड गर्दै फिल्मको शुभ मुहूर्त गरिएको हो । महिलाप्रधान कथामा आधारित यस फिल्मबाट अभिनेत्री समेत रहेकी शुभेच्छा थापा निर्देशकको रुपमा डेब्यु गर्दैछिन् । कलाकारको रूपमा शुभेच्छा लिड फिमेल भूमिकामा छिन् भने पटकथा लेखन पनि उनैको रहेको जानकारी दिइएको छ ।…