स्तरीय चलचित्र बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिएका छन् । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौँ संस्करणका अवसरमा ‘एमाले अध्यक्ष केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद’का क्रममा उनले देशमा स्तरीय चलचित्र बन्नुपर्नेमा जोड दिएका हुन् । पूर्वप्रधानमन्त्री ओलीले भने, 'देशको प्रकृति, इतिहासका बारेमा चलचित्र बन्नुपर्छ भन्ने मलाई लाग्छ ।' आफूले…