चर्चित गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन् । यस गीतमा शब्द, सङ्गीत र स्वर स्वयं बिक्की गुरुङकै रहेको छ भने यसको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिंजापतिले अभिनय गरेका छन् । गीत ‘डर लाग्छ’को निर्माण भिक्टर रसाइलीले गरेका हुन् ।…