(महासङ्कटमा माधव नेपाल) राजनीतिक दल तथा माओवादीका बीच बिमति र विवादका अनेक मुद्दाहरू जीवित रहे पनि दुई पक्षबीच तत्काल सहमतिको बिन्दु पनि देखापरेको छ । दलहरूले शान्ति, लोकतन्त्र र संविधानका पक्षमा तथा माओवादीले 'जनवादी' क्रान्तिका निम्ति सत्ता परिवर्तनका पक्षमा सर्त प्रस्तुत गरे पनि संविधानसभाको कार्यकाल थप गर्नुपर्छ भन्नेमा चाहिँ दुवैथरीको एउटै राय बनेको छ ।…