महाराजगञ्ज चोकमा गाडीहरू नराम्रोसँग जाम थिए । त्यहाँ प्राय: हरदम जाम नै हुने गर्छ । कुनै गाडी अगाडि सरिरहेको थिएन । म एक अस्पतालमा डाक्टर भेट्न जाँदै थिएँ । गाडीमा जाँदा समयमा पुगिन्न जस्तो लाग्यो र मोटरसाइकलपछाडि बसी हात्तीगौंडाबाट निस्केँ । महाराजगञ्ज पुग्दा भयङ्कर जाम रहेछ । छिद्र-छिद्रबाट छिरेर पनि अगाडि बढ्न सक्ने सम्भावना थिएन…