लण्डनको चीसो वा मानिसका व्यवहार ?

-प्रकाश के.सी., हामी आफूसँगै आफ्नो सँस्कृतिलाई ज्युँका त्युँ लिएर बसाइ सरेका हुन्छौं भन्ने हाम्रा आफ्नै भनाइ मात्रै हुन् । भौगोलिक सिमानाहरु पार गर्दै जाँदा, मानवमा अर्को रीतिथितिको लागि मनमस्तिष्कमा तदनुरुप हुने चाहना विस्तारै झाङगिँदै जाने गर्दछ । त्यस्तै हुनसक्छ, जीवनको अन्तिम लक्ष्य जस्तो गरी बेलायत पसेका नेपालीहरुमा चाँडोभन्दा चाँडो बेलायती हुने दृढता प्रवल देखिएको भने…