बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिराका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको छ । अविरल वर्षाका कारण गुइँगाडको खोेलाबाट पहिरो जान थालेको छ । पन्ध्र वर्षदेखि गएको पहिरो केही वर्ष रोकिए पनि फेरि पहिरो जान थालेपछि बजेडीका बासिन्दा जाग्राम बस्न थालेको स्थानीयवासी खड्कराज जोशीले बताउनुभयो । उहाँका अनुसार लगातारको पानीले गाउँको एक सय ३० घर…