उत्तर कोरियाबाट फोहोर भरिएका थप ६ सय बेलुन दक्षिणतर्फ पठाइयो

उत्तर कोरियाले फोहोरले भरिएका करिव ६ सय वटा बेलुन सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखि प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन्। 'उत्तर कोरियाले शनिबार साँझ ८ बजे देखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो', सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसिएफ)ले एक विज्ञप्तिमार्फत जनाएको छ ।…