क्यास्पियन तटमा १३० लोपन्मुख सिल मृत फेला

क्यास्पियन सागरको कजाख समुद्र तटहरूमा १३० भन्दा बढी लोपोन्मुख सिल मृत फेला परेका छन् । कजाकिस्तानको पर्यावरण मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै एएफपीले मृत सिलहरूको शव फेला परेको जनाएको छ। मन्त्रालयले देशको पश्चिममा क्यास्पियन सागरको तटहरूमा १३१ सिलहरू मृत फेला परेको उल्लेख गर्दै शव परीक्षण गरिने र यस क्षेत्रको माटो तथा पानीको नमूनाहरू विश्लेषण गरिने जनाएको…