कोरोनाभाइरस (कोविड–१९) को सङ्क्रमण रोक्न जापानको मन्त्रिपरिषद्ले प्रधानमन्त्री शिन्जो आबेलाई विशेष अख्तियारी दिने विधेयकलाई मङ्गलबार (१० मार्च) स्वीकृति दिएको छ । नयाँ विधेयकअनुसार प्रधानमन्त्री आबेले आवश्यकता परेको खण्डमा आपतकाल घोषणा गर्न सक्नेछन् । दुई वर्षसम्मको समयावधि तोकिएको उक्त विधेयकले हाल कार्यान्वयनमा रहेको नयाँ इन्फ्लुएन्जा रोकथाम कानूनलाई संशोधन गरेको छ । गत फेब्रुअरीमा जापानमा कोरोनाभाइरसलाई सङ्क्रामक…